बाबा रामदेवले नेपाल भारतको सम्बन्धमा मसला हालेको सभामुखको बुझाई !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १३ सोमवार १५:१६ बजे

बाबा रामदेवले नेपाल भारतको सम्बन्धमा मसला हालेको सभामुखको बुझाई !

काठमाण्डौ
मंसिर १३
सभामुख ओनसरी घर्तीले राजनीतिक दलहरुकै सहमतिमा सम्पूर्ण समस्या सामाधान हुने बताउनुभएको छ ।

वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविर, २०७३ को आज समापन समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीले वर्तमान राजनीतिक जटिलताको निकास सबै दलको सहमतिमै निस्कने विश्वास व्यक्त गर्नुभयो । उहाँले दलकै सहमतिमा नेपाल अग्रगामी राजनीतिक पाइला चाल्न सफल भएको र विगतको अनुभवलाई उपयोग गर्दै वर्तमान जटिलताको समाधान खोजिने बताउनुभयो । एक प्रसंगमा उहाँले पतञ्जलिले नेपालमा आयुर्वेद उद्योग स्थापना गरी नेपाल भारतको सम्बन्धलाई नयाँ आयाम थपेको बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार