काठमाण्डौ
मंसिर ११
एसियाली क्रिकेट काउन्सिल एसीसी कप महिला क्रिकेट प्रतिस्पर्धाको छैठौै संस्करण अन्तर्गतको पहिलो खेलमा आज नेपालले पाकिस्ताको सामना गर्दैछ ।

थाईल्याण्डको राजधानी बैंककस्थित टर्ड थाई क्रिकेट स्टेडियममा हुने खेल आज दिउसो पौने १ मा सुरुहुनेछ । नेपाली महिला क्रिकेट टोलीलाई टेस्ट मान्यता प्राप्त पाकिस्तानी महिला क्रिकेट टोलीमाथि विजय हासिल गर्न ठूलै संघर्ष गर्नुपर्नेछ । नेपाली महिला टोलीले एसियाली स्तरमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो । नेपाल २०१२ देखी अर्थात एसीसी कप प्रतियोगीताको पाँचौ संस्करण पछिमात्र यस प्रतियोगीतामा सहभागी हुन थालेको हो । प्रतियोगितामा नेपाल र थाइल्याण्डसहित टी ट्वान्टी टोलिको मान्यता प्राप्त पाकिस्तान, भारत, श्रीलंका र बंगालादेश सहभागी छन् । प्रतियोगिताअन्तर्गत अन्तर्गत नेपालले अहिलेसम्म सहभागी भएको ३ वटै खेलमा समुह चरणबाटै घर फर्कनु परेको थियो भने यस प्रतिस्पर्धामा भारतीय महिला टोली एकछत्र हाबी भएका छन । भारतीय टोलीले अहिलेसम्म भएका सम्पुर्ण एसीसी कप जितेको छ ।
नेपाली टोलीले आजको खेलपछि क्रमश दोस्रो खेलमा आगामी सोमबार श्रीलंकासँग, तेस्रो खेलमा मंगलबार बंगलादेशसँग, चौथौ खेलमा बिहीबार थाइल्याण्ड र अन्तिम खेलमा शुक्रबार साविक बिजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
