कांग्रेससँगको छलफलपछि पछि हटे प्रचण्ड !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १० शुक्रवार १५:५६ बजे

कांग्रेससँगको छलफलपछि पछि हटे प्रचण्ड !

काठमाण्डौ
मंसिर १०
प्रधानमन्त्री पुष्पकमल दाहालले पर्सी आइतबारमात्रै संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्नुहुने भएको छ । संविधान संशोधनका लागि विपक्षी दल एमालेबाट सकारात्मक जवाफ नपाएपछि प्रधानमन्त्री  दाहालले आज नै मन्त्रिपरिषद बैठकमा संविधान संशोधनको प्रस्ताव पेश गर्न लाग्नुभएको थियो ।

तर सत्तारुढ दल नेपाली कांग्रेससँगको आजको छलफलपछि प्रधानमन्त्री दाहाल पर्सी आइतबारमात्रै संशोधन प्रस्ताव दर्ता गर्ने मनस्थितीमा पुग्नुभएको हो । प्रधानमन्त्री दाहालको व्यस्तताले संशोधन प्रस्ताव दर्ता प्रकृयामा आज अघि बढ्न नसकेको उहाँको निजी सचिवालयले जनाएको छ । संविधान संशोधनमा एमालेको अन्तिम प्रतिक्रिया बुझ्नका लागि प्रधानमन्त्री दाहालले हिजो बस्ने मन्त्रिपरिषदको बैठक आजका लागि सारेर एमाले अध्यक्ष ओलीलगायतका नेताहरुसँग छलफल गर्नुभएको थियो । तर एमालेका नेताहरुले सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावको विरोध गरेपछि प्रधानमन्त्री दाहाललेसंशोधन प्रस्ताव पेश गर्न लाग्नुभएको हो ।  यसअघि, आज प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले संविधान संशोधनको विपक्षमा रहेपछि कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस र माओवादी केन्द्रबिच छलफल भएको छ । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय बिमलेन्द्र निधी, कृष्णबहादुर महरा, माओवादी नेता नारायणकाजी श्रेष्ठ, मन्त्री रमेश लेखक लगायतका नेता सहभागी थिए । सो क्रममा कांग्रेसले मधेसी मोर्चासँग छलफल गर्न चाहेकाले संशोधन प्रस्ताव दर्ता प्रकृया आज अघि बढ्न नसकेको स्रोतले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार