केपी ओली भन्छन्– प्रचण्ड सरकारले संविधान संशोधन होइन,कार्यान्वयन गर्ने हो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १० शुक्रवार १५:५४ बजे

केपी ओली भन्छन्– प्रचण्ड सरकारले संविधान संशोधन होइन,कार्यान्वयन गर्ने हो

काठमाण्डौ
मंसिर १०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई चटकेको संज्ञा दिनुभएको छ ।

संविधान कार्यान्वयनका लागि बनेको सरकारले संशोधनको कुरा गर्नुलाई उहाँले चटकेको संज्ञा दिनुभएको हो । प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सरकारले निर्वाचनतिर कुनै ध्यान नदिएको आरोप लगाउनुभयो । सरकारले संविधान संशोधन विधेयक दर्ता गर्ने भए पनि त्यसलाई आफूहरुले रोक्न नसक्ने पनि उहाँले बताउनुभयो । विसं २०७४ माघ ७ गतेसम्म चुनाव नभए राजनीतिक र संवैधानिक सङ्कट उत्पन्न हुने भए पनि त्यसतर्फ सरकारको कुनै तयारी नभएको उहाँको भनाइ छ । जनतालाई आवश्यक नपर्ने संविधान संशोधन आफूहरूलाई मान्य नहुने बताउँदै उहाँले देश तथा जनताका हकअधिकारका सम्बन्धमा मात्र संविधान संशोधन हुनसक्ने बताउनुभयो । कुनै नयाँ आयोजना वा भइरहेका आयोजनामा बजेट नपुग भए मात्र पुरक बजेट ल्याउन सकिने भएपनि सरकारले त्यस्तो अवस्था पुष्टि गर्न नसकी पुरक बजेट ल्याउन खोजेको उहाँले आरोप लगाउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार