कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ नेपालका राजनीतिक दल


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ९ बिहीवार ०९:०४ बजे

कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ नेपालका राजनीतिक दल

काठमाण्डौ
मंसिर ९
सत्तारूढ दलहरूले संविधान संशोधनको प्रक्रिया अघि बढाउने कसरत गरिरदा मुख्य विपक्षी एमाले त्यसको शसक्त प्रतिवाद गर्ने तयारी गरिरहेको छ  । सरकारले संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाको माग पुरा गर्न भोली सम्ममा संसदमा संशोधन विधेयेक दर्ता गराउने तयारी गरिरहदा एमालेले भने विरोधको तयारी थालेको हो ।

नेकपा माओवादी केन्द्र,नेपाली कांग्रेस र संघिय गठबन्धनको सहमतिमा संविधान संशोधनका लागि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कम्मर कसिरहँदा संविधान संशोधानको आवश्यकता र औचित्य नरहेको दाबी गर्दै एमालेले सांकेतिक विरोध प्रदर्शनसमेत थालिसकेको छ । कतिपय स्थानमा भातृसंगठनलाई विरोधमा उतारिसकेको छ । अस्तिदेखि एमालेले प्रदेश नंवर ५ मा भातृसंगठन युवासंघ र अनेरास्ववियू आन्दोलनमा परिचालन गरिसकेको छ ।
संविधान संशोधनका औपचारिक खाका बाहिर नआए पनि आशय सार्वजनिक भइसकेको छ । त्यसका आधारमा एमालेले चारवटै विषयमा गर्न खोजिएको संंशोधन मुलुकका लागि घातक रहेको एमालेको विश्लेषण छ ।  संशोधन गर्न खोजिएका चारवटा विषयले मुलुकलाई झन् समस्यातर्फ धेकेल्ने वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो ।  पूर्वका झापा, मोरङ, सुनसरी र सुदूरपश्चिमका कैलाली र कञ्चनपुरलाई केन्द्र शासित र ५ नम्बर प्रदेशबाट पहाडी जिल्लाहरूलाई अलग गराउने प्रयास तराई र पहाड जोड्नै हुदैन भन्ने मानसिकताको निरन्तरता भएकाले कुनै हालतमा मान्न नसकिने एमाले नेताहरुको अडान छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार