कमल थापा र पशुपतिशमसेर सहितको राप्रपा बैठक आजपनि


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ९ बिहीवार ०८:५९ बजे

कमल थापा र पशुपतिशमसेर सहितको राप्रपा बैठक आजपनि

काठमाण्डौ
मंसिर ९
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । पार्टी एकतापछि हिजो सुरु राप्रपाको बैठक आज पनि बस्न लागेको हो ।

मध्यान्न सुरु हुने आजको बैठकमा  महाधिवेशनको कार्यविधी र जिल्ला एकीकरणको प्रक्रियाका विषयमा छलफल हुनेछ ।  राप्रपा र राप्रपा नेपाल एकीकरण भएर बनेको सो पार्टी भित्र एकताअघि नै माघ मसान्तसम्म महाधिवेसन गर्ने सहमति भइसकेको छ । केन्द्रीय समिति बैठकमा एकतामा आउनुअघि दुर्वै पार्टीका केन्द्रिय सदस्यहरु करिब ३ सय जना सहभागि रहेका सो पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टी एकीकरणपछि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जिल्ला र स्थानीय तहमा समेत एकीकरणको प्रक्रिया अघि बढाउन सात वटा प्रदेशका मुख्य शहरमा शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ । हिजोको बैठकमा नेताहरूले सरकारमा सहभागिताबारे नयँ ढंगले सोच्नुपर्ने धारणा राखेका थिए । यसअघि १२ सिट भएको राप्रपा सरकारमा थियो भने २५ सिटसहित राप्रपा नेपाल प्रतिपक्षमा बसेको थियो ।  केन्द्रीय सदस्यहरूले एक भएपछि सरकारमा रहने कि नरहने भन्ने विषयलाई प्राथमिकता दिनुपर्ने र बहस त्यसैमा केन्द्रित हुनुपर्नेसमेत बताएका थिए ।
बैठकमा अध्यक्ष कमल थापाले आगामी महाधिवेशन र पार्टीको संगठनबारे आधारपत्र प्रस्तुत गर्नुभएको छ । त्यसमा आउँदो माघ अन्तिमसम्म महाधिवेशन गरी नसुल्झिएका एजेन्डा टुंग्याउने, मंसिर २५ गतेसम्ममा स्थानीय तहका एकीकरण प्रक्रिया टुंग्याइसक्ने उल्लेख छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार