काठमाण्डौ
मंसिर ९
च्याम्पियन्स लिगमा समुहचरणको खेल समाप्त भएको छ । जस अन्तर्गत गएराति भएको खेलमा स्टार क्लब बार्सिलोना विजयी भएको छ । सेल्टिकको घरेलु मैदान सेल्टिक पार्कमा भएको खेलमा बार्सिलोनाले सेल्टिकलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

बार्साको जितमा अर्जेन्टिनी कप्तान तथा स्टार स्ट्राइकर लियोनल मेसीले दुवै गोलगर्दै नायक बन्न पुगे । मेसीले खेलको २४ औ मिनेटमा नेइमारले दिएको पासलाई सदुपयोगगर्दै पहिलो गोल गरेका थिएभने दोस्रो गोलपनि पेनाल्टीमार्फत खेलको ५५ औ मिनेट मेसिलेनै गरेका थिए । निकैनै प्रतिस्पर्धात्मक रहेको खेलमा सेल्टिकले भने कुनै गोल गर्न सकेन । खेलमा जित निकालेसँगै बार्सिलोना १२ अंक सहित समुह सीको विजेताबन्दै अन्तिम १६ अर्थात नकआउट चरणमा प्रवेश गरेको छभने हार व्यहोरेको सेल्टिक मात्र २ अंक सहित समुह चरणबाटै बाहिरिएको छ ।
गएरातिनै भएको समुह ए अन्तर्गतको खेलमा आर्सनल र पिएसजीले २–२ को बराबरी खेलेका छन् । बराबरी खेलपनि दुवै टाली अंक र गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गरेका छन । समुह विजेताको लागि प्रतिस्पर्धा गरेका दुवै टोली बराबरीमा रोकिएपछि दुवैकोे अंक समान ९–९ भयो भने गोल अन्तरका आधारमा आर्सनल समुह विजेता बनेको छ ।
उता गएरातिनै लिग चरणको अन्तिम खेल खेल्दै एट्लेटिको मड्रिड, बायन म्युनिक, म्यानचेस्टर सिटि, नापोली र बेनिफिका च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रबेश गरेका छन् ।
