काठमाण्डौ
मंसिर ८
सांसदहरुको तलब–भत्ता वृद्धि गरिएको विरोधमा सबै विद्यार्थी संगठनहरुले आज संयुक्त प्रदर्शन गरेका छन् ।
कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियू, माओवादी केन्द्र निकट अनेरास्ववियू’ क्रान्तिकारीलगायत विभिन्न १४ विद्यार्थी संगठनहरुले आज अपराह्न शान्तिबाटिकामा विरोध प्रदर्शन गरेका हुन् । उनिहरुले सांसदका लागि बढाइएको सेवा सुविधा फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । अनेरास्ववियु’ केन्द्रीय कार्यालय बागबजारमा हिजो बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
