काठमाण्डौ
मंसिर ८
आउदो शनिबार थाइल्याण्डमा आयोजना हुने महिला एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज बैंकक प्रस्थान गरेको छ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली आज मध्यान्ह बैंकक प्रस्थान गरेको हो । नेपाली टोलीको प्रशिक्षकमा राजु बस्न्यात हुनुहुन्छ ।
एसिया कपमा नेपालले टेष्ट मान्यताप्राप्त बलिया एशियाली टोलीहरुसग प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो पहिलो खेल शनिबार पाकिस्तानसँग खेल्नेछ भने सोमबार श्रीलंका, मंगलबार बंगलादेश, बिहीबार थाइल्याण्ड र शुक्रबार डिफेन्डिङ च्याम्पियन भारतको सामना गर्नेछ । तीन महिनाअघि हङकङमा सम्पन्न महिला विश्वकपको एसियाली छनौट प्रतियोगितामा उपविजेता बन्दै नेपाल एसिया कपमा सहभागी भएको हो ।
