जनताले पैसा उठाएर बौद्धनाथ पूननिर्माण गरेपछि प्रधानमन्त्री प्रचण्ड मख्ख !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ७ मंगलवार १५:१८ बजे

जनताले पैसा उठाएर बौद्धनाथ पूननिर्माण गरेपछि प्रधानमन्त्री प्रचण्ड मख्ख !

काठमाण्डौ
मंसिर ७
प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पबाट क्षतिग्रस्त बौद्ध महाचैत्यको पुनःनिर्माण सम्पन्न हुनु भूकम्प प्रभावित अन्य क्षेत्रको पुनःनिर्माणका लागि प्रेरणादायी भएको बताउनुभएको छ ।

महाचैत्यको जीर्णाेद्धार तथा पुनःनिर्माण सम्पन्न भएको अवसरमा आज काठमाण्डौमा आयोजित समारोहमा उहाँले यस कार्यले इच्छाशक्ति भयो भने समयमा ठूला काम सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश देशभरि गएको बताउनुभयो  । पुनःनिर्माणमा मुलुकभित्र र बाहिरका व्यक्ति तथा सङ्घसंस्थाको उल्लेख्य सहयोग भएकामा प्रशंसा गर्दै उहाँले मुलुक अहिले पुनःनिर्माणको ऐतिहासिक चरणमा रहेको बताउनुभयो । गत २०७२ माघ २८ गतेदेखि सुरु भएको महाचैत्यको पुनःनिर्माणमा विभिन्न व्यक्ति र संस्थाबाट  २० करोड ९० लाख रुपैया प्राप्त भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार