माउ ले जे सिकाए त्यहि सिक्दै भातृसंगठनहरु !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ७ मंगलवार १४:०० बजे

माउ ले जे सिकाए त्यहि सिक्दै भातृसंगठनहरु !

काठमाण्डौ
मंसिर ७
दलहरुविच संविधान संशोधनमा सहमति नभई संशोधन प्रस्ताव दर्ता भएमा  एमाले भातृसंगठनहरुले त्यसको विरोध गर्ने भएका छन् ।

एमाले निकट भ्रातृ संगठन र युवा संघ  र विद्यार्थी संगठन अनेरास्ववियूले  आज बिहान राजधानीमा पत्रकार सम्मेलन गरेर सहमति बिना संविधान संशोधन नगर्न सत्तापक्षलाई चेतावनी दिएका हुन् । मुख्य विपक्षी एमालेको सहमति बिना जबरजस्ती संविधान संशोधन गरे आन्दोलन गर्ने उनिहरुको चेतावनी छ ।

माउ पार्टी एमालेको असहतिविना नै सत्तारुढ काग्रेस माओबादीले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरिरहदा एमालेका दुई भातृ संगठनले आन्दोलन गर्ने चेतावनी दिएको हो । यसअघि आफ्नो असहमति हुदा हुदै पनि संशोधन प्रस्ताव आएमा सडक र सदन दुवै ठाउबाट आन्दोलन गर्ने एमालेले चेतावनी दिईसकको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार