ओली राप्रपामा प्रवेश


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ६ सोमवार १६:०४ बजे

ओली राप्रपामा प्रवेश

काठमाण्डौ
मंसिर ६
राप्रपा र राप्रपा नेपालबिच आज पार्टी एकता भएको छ ।

काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एकता सभा गर्दै दुई पार्टीबिच एकता भएको घोषणा गरिएको हो । यसअघि,एकता घोषणापत्रमा दुवै तर्फका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् । एकीकृत पार्टीको नाम राप्रपा राखिएको छ । पार्टी एकीकरण घोषणापछि पशुपति शमसेर राप्रपाको राष्ट्रिय अध्यक्ष बन्नुभएको छ भने कमल थापा पार्टी अध्यक्ष बन्नुभएको छ । एकता घोषणा सभालाई सम्बोधन गर्दै राप्रपाका नेताहरुले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई मुलुककै सबैभन्दा ठूलो राजनीतिक पार्टी बनाउने उद्घोष गरेका छन् । यसैबिच, गायीका तथा सञ्चारकर्मी कोमल ओली राप्रपामा प्रवेश गरेकी छन् ।

एकता सभाको अन्त्यमा राप्रपाका पार्टी अध्यक्ष कमल थापाले माला लगाइदिएर औपचारिक रुपमा ओलीलाई पार्टीमा स्वागत गर्नुभएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार