काठमाण्डौ
मंसिर ६
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो दल संविधान संशोधनको पक्षमा नलाग्ने बताउनुभएको छ ।
नेपालगंजमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधनको औचित्य पुष्टि हुनुपर्ने भन्दै राष्ट्रिय अखण्डता, मुलुकको सुरक्षा, स्वतन्त्रता र जातीय एकता बिगार्न संविधान संशोधन गर्न नहुने बताउनुभयो ।
एक प्रश्नको जवाफमा नेता नेपालले संविधान संशोधनका नाममा अहिले भ्रम पैmलाउन खोजिएको भन्दै कसैको राजनीतिक स्वार्थपूर्ति र विदेशीको इशारामा संविधान संशोधन हुन नसक्ने बताउनुभयो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
