काठमाण्डौ
मंसिर ६
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी औपचारीक रुपमा एक भएका छन् । नेपाल प्रज्ञा भवनबाट दुई पार्टीबीचको एकता घोषणा गरिएको हो ।
एकता घोषणापत्रमा राप्रपा नेपाल अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष पशुपति राणाले हस्ताक्षर गर्नुभएको छ । एकता पछि पार्टीको नाम राप्रपा राखिने छ । पार्टी एकीकरण घोषणापछि पशुपति शमसेर राप्रपाको राष्ट्रिय अध्यक्ष हुनुहुनेछ भने कमल थापा पार्टी अध्यक्ष रहनुहुनेछ । पार्टीको झन्डा राप्रपा नेपालको हुने र चुनाव चिन्ह भने महाधिवेशनले तय गर्ने छ ।
महाधिवेशन तीन महिनाभित्रमा सम्पन्न गर्ने दुई दलबीच सहमति भएको छ । उद्घाटन शत्रमा बोल्दै राप्रपाका नेताहरुले आगामी चुनावबाट पार्टीलाई देशको सबैभन्दा ठूलो पार्टी बनाउने संकल्प गरेका छन् ।
