अझैसम्म ६ सय १ बोक्ने संसद भवनमा लोकमानसिंह कार्की जोखिएनन् !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ५ आइतवार १५:४२ बजे

अझैसम्म ६ सय १ बोक्ने संसद भवनमा लोकमानसिंह कार्की जोखिएनन् !

काठमाण्डौ
मंसिर ५
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथिको छलफल आजपनि जारी रहेको छ ।

नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवनमा जारी आजको बैठकमा महाअभियोग प्रस्तावमाथीको छलफल सक्ने सभामुख ओनसरी घर्तीले गर्नुभएको छ । महाअभियोग दर्ता भएको १ महिना पूरा भईसक्दा पनि प्रभावकारी बहस हुन नसकेपछि सभामुख ओनसरी घर्तीले आज नै छलफल सक्ने वातावरण मिलाउन प्रमुख दलका नेताहरुलाई आग्रह गरिसक्नुभएको उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । सभामुख घर्ती आज राति रुस भ्रमणमा जाने कार्यक्र तय भएकाले उहाँले आजकै बैठकमा छलफल सकेर सो प्रस्तावलाई  अनुसन्धानको लागी महाअभियोग समितिमा पठाउने तयारी गर्नु भएको संसद सचिवालयले जनाएको छ । गएको कात्तिक ३ गते संसदमा नेकपा माओवादी केन्द्र र नेकपा  एमालेका एक सय ५७ सांसदले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । तर प्रस्ताव दर्ता भएको १ महिना नाघिसक्दा पनि यसबारे जम्मा चार दिनमात्रै छलफल भएको छ ।

यसअघि अस्ति शुक्रबार भएको छलफलमा बोल्ने अधिकांस सांसदले पनि महाअभियोगमाथिको बहस लम्बिएकोप्रति असन्तुष्टि जनाएका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार