कोटेश्वर गएर धुलो खान मन्त्रीलाई सांसदले अह्राए !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ५ आइतवार १५:२८ बजे

कोटेश्वर गएर धुलो खान मन्त्रीलाई सांसदले अह्राए !

काठमाण्डौ
मंसिर ५
संसद्को आजको बैठकको शून्य समयमा सांसदले भूकम्पपीडितले हालसम्म राहत नपाएको तर नक्कली भूकम्पपीडितले पाएको र कर्मचारी गाउँ नजाँदा पीडितले राहत पाउन मुस्किल भएको गुनासो गरेका छन् ।

तत्काल पीडित बस्तीमा कर्मचारी पठाएर पुनःलगत सङ्कलन गर्न उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । पहिलो किस्ता बापतको रकम समेत पीडितले नपाएको भन्दै उनीहरुले पुनःनिर्माणको काम कारबाही प्रभावकारी हुन नसकेको दुखेसो पोख्नुभयो । यस्तै भारत सरकारले भारु पाँच सय र एक हजारमा प्रतिबन्ध लगाएपछि त्यसले नेपाली बजारमा समेत प्रभाव पारेकाले तत्काल समस्या समाधान गनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

उनीहरुले चिनियाँ लगानीमा कोटेश्वर–कलङ्की सडक खण्ड निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयवासी प्रभावित भएको र धुलोका कारण सहज रुपमा जीवनयापन गर्न समेत कठिनाइ भएको बताउँदै विभागीय मन्त्रीलाई स्थलगत अवलोकनमा जान आग्रह गरेका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार