पशुपति शमसेर र कमल थापाले नेपाललाई हिन्दु राष्ट्र घोषणा गराउलान् त ?


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ५ आइतवार १५:२२ बजे

पशुपति शमसेर र कमल थापाले नेपाललाई हिन्दु राष्ट्र घोषणा गराउलान् त ?

काठमाण्डौ
मंसिर ५
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पदाधिकारीको अन्तिम बैठकले पार्टी राप्रपासँग एकीकृत भएपछि सशक्त राष्ट्रवादी शक्तिका रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

अध्यक्ष कमल थापाको निवास विशालनगरमा आज बसेको बैठकले संविधान संशोधनका क्रममा दुवै पार्टीका साझा विषयलाई कायम गराउन नेतृत्वदायी भूमिका खेल्ने जनाएको पार्टी प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा भोलि हुन लागेको दुई पार्टीको एकीकरण तथा घोषणासभाको तयारीका लागि समेत छलफल भएको छ । दुवैै पार्टीबीच संवैधानिक राजतन्त्र र सङ्घीयताका विषयमा महाधिवेशनले टुङ्गो लगाउने तथा नेपाललाई ‘हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी गरिएको छ । अन्तरिम विधान २०७३ अनुसार दुवै पार्टीका पदाधिकारी तथा नेताको व्यवस्थापन गरिने छ ।

पार्टीले राप्रपासँग गर्न लागिएको एकताका लागि सैद्धान्तिक सहमति दिन केन्द्रीय समितिलाई जिम्मा दिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार