नेपालले जापानलाई हरायो ! १– ० ले बिजयी


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ४ शनिवार १६:१० बजे

नेपालले जापानलाई हरायो ! १– ० ले बिजयी

काठमाण्डौ
मंसिर ४
नेपाली राष्ट्रिय फुटबल टोली र जापानको टिमबीचको मैत्रीपूर्ण खेलमा नेपाल बिजयी भएको छ । नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वर्ष गाठका अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको हो ।

एन्फा कम्पलेक्स सातदोबाटोमा भएको खेलको दोश्रो हाफको शुरुमै नेपालले अग्रता लिएको छ । नेपालको अग्रतामा नेपालका गोल मेशिन नवयुग श्रेष्ठले गोल गरेका हुन । विक्रम लामाले गरेको लामो पोष्ट प्रहारलाई जापानी टिमका गोलकिपरले नियन्त्रणमा लिन नसकेपछि नवयुगले गोल गरेका हुन । दोश्रो हाफको मध्यमतिर नेपाले गोलकिपर किरण चेम्जोङ र स्ट्राइकर तथा मिडफिल्डर विमल घर्तीमगरको ठाउँमा विकेश कुथु र कप्तान अनिल गुरुङलाई मैदान पठाएको थियो । विराज महर्जनको कप्तानीमा उत्रिएको नेपालको स्ट्राइकरमा नवयुग श्रेष्ठ र भरत खवास थिए । दर्शकले खचाखच भरिएको एन्फा कप्लेक्समा भइरहेको मैत्रीपूर्ण खेल हेर्न खेलकुदमन्त्री दलजित श्रीपाइलीलगायतका फुटबल सरोकारवाला पनि सातदोबाटो पुग्नु भएको थियो ।

खेलबाट उठेको रकम गत बैशाख १२ मा गएको बारपाक भूकम्पका पिडितहरुलाई सहयोग गरिने एन्फाले जनाएको छ  ।


प्रतिक्रिया

सम्बन्धित समाचार