काठमाण्डौ
मंसिर ४
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गर्नु नै अहिले मुलुकको प्रमुख कार्यभार भएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन पर्साद्धारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँलेसंशोधनको माध्यमवाट संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने बताउनुभयो । नेता पौडेलले संंविधान कार्यान्वयनमा देखिएका चुनौतीलाई सम्बोद्धन गर्नु सबै राजनीतिक दलको साझा कर्तव्य भएको भन्दै संविधान कार्यान्वयनका लागि स्थानीय तहलगायत तीन तहको निर्वाचन गर्नु आवश्यक रहेको बताउनुभयो । निर्वाचनको वातावरण बनाउनका लागि संविधान संशोधन गरेर मधेसी, आदिवासी, जनजातीका गुनासालाई सम्बोधन गर्नु आवश्यक रहेको उहाँको भनाई छ ।
