९ घण्टा बिरामी नजाँचे स्वास्थ्यकर्मीलाई नै सरकारले बिरामी पार्ने !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ४ शनिवार १५:२० बजे

९ घण्टा बिरामी नजाँचे स्वास्थ्यकर्मीलाई नै सरकारले बिरामी पार्ने !

काठमाण्डौ
मंसिर ४
स्वास्थ्य मन्त्रालयले बहिरंग सेवालगायत स्वास्थ्य सेवाहरु नियमित नभएको भन्दै नियमानुसार नागरिकलाई हरेक दिन ९ घण्टा ती सेवा उपलब्ध गराउन सम्बन्धित स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।

आज एक सूचना जारी गर्दै मन्त्रालयले केन्द्रीय अस्पतालसहित क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल, जिल्ला, शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वाथ्य चौकीहरुलाई सार्वजनिक विदाको दिनबाहेक हरेक दिन नियमानुसार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बहिरंग सेवालगायत स्वस्थ्य सेवाहरु नियमित रुपमा संचालन गर्न निर्देशन दिएको हो । गत कात्तिक १५ मा नै मन्त्रालयले यस्तो निर्देशन दिएको भएपनि कतिपय स्वास्थ्य संस्थाहरुबाट समयमा सेवा नपाएको नागरिक गुनासो बढेपछि मन्त्रालयले आगामी माघ १५ गतेसम्म हरेक दिन ९ घण्टा ती सेवा उपलब्ध गराउन निर्देशन दिएको हो । निर्देशन अनुसार सेवाहरु प्रदान नगरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखहरुलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी समेत मन्त्रालयले दिएको छ ।

त्यसैगरी बहिरंग सेवालगायत स्वास्थ्य सेवाहरु नियम अनुसार नियमित रुपमा सञ्चालन भए नभएकोबारे प्रभावकारी अनुगमन गरी जानकारी गराउन सबै क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालय र आमनागरिकहरुलाई मन्त्रालयले आग्रह पनि गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार