काठमाण्डौ
मंसिर ३
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि विपक्षी दल एमाले सहमत भइसकेको बताउनुभएको छ । आज डडेल्धुरामा सुरु भएको सुदूरपश्चिम क्षेत्रीय महत्सोवको उद्घाटन गर्दै सभापति देउवाले एमाले र मधेसी दलसमेत सहमत भइसकेको हुँदा चाँडै संविधान संशोधन भई कार्यान्वयन हुने बताउनुभयो ।
केही समयमै देशमा रहेको राजनीतिक समस्या हटेर जाने र समग्र सुदूरपश्चिम एक प्रदेश हुँदा विकासको सम्भावना बढी हुने तथा बेरोजगारी समस्या समेत कम हुने उहाँले दाबी गर्नुभयो । महोत्सवको उदघाट्न कार्यक्रममा बोल्दै सभापति देउवाले सुदूरपश्चिमलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न राजनीतिक क्षेत्रबाट आफूले सक्दो पहल गर्दैआएको बताउनुभयो ।
