बैंकको लकरमा गोली राख्ने निलम्बित सांसद ल्यारक्याल लामा फेरि सांसद भए !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ३ शुक्रवार १६:३९ बजे

बैंकको लकरमा गोली राख्ने निलम्बित सांसद ल्यारक्याल लामा फेरि सांसद भए !

काठमाण्डौ
मंसिर ३
व्यवस्थापिका संसदको आजको बैठकमा विभिन्न विधेयक प्रस्तुत भएको छ । जसमध्ये आजको बैठकमा राष्ट्रिय महिला आयोग विधेयक, २०७३ प्रस्तुत भएको छ ।

विधेयकमाथी सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री एवम् महिला बालबालिका तथा समाजकल्याण मन्त्रीका तर्फबाट कानुनमन्त्री अजयशङ्कर नायकले महिलाको आत्मसम्मानको रक्षाका लागि संवैधानिक आयोगका रुपमा रुपान्तरण गर्न नयाँ विधेयक आवश्यक रहेको भन्दै उक्त विधेयकलाई परिपक्व तथा समृद्ध बनाउन सांसदले पछि पनि छलफल गर्न सक्ने भन्दै विधेयकको प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो । त्यस्तै आजको संसद बैठकमा कम्पनी ऐन (पहिलो संशोधन) विधेयक, २०७३ प्रस्तुत भएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उक्त विधेयक प्रस्तुत गर्दै जनताले घरमै बसेर बिद्युतीय माध्यमबाट पनि उद्योग दर्ता गर्न मिल्ने तथा विदेशी लगानीलाई आकर्षित गर्ने प्रावधान विधेयकमा भएको जानकारी दिनुभयो । उहाँले विकसित मुलुकको उदाहरण हेर्दा आर्थिक समृद्धिका लागि विदेशी लगानी आवश्यक रहेको बताउँदै उहाँले विदेशी लगानीको माध्यमबाट स्वदेशमा रोजगारी बढ्ने अपेक्षा गर्नुभयो । यसैबिच, संसदमा नेकपा (माओवादी केन्द्र) का सांसद डा ल्यारक्याल लामाले विशेष अदालतबाट सफाइ पाउनुभएको बारे जानकारी गराइएको छ ।

सभामुख ओनसरी घर्तीले गत कात्तिक ३० गते अदालतको फैसलाबाट लामा सफाइ पाउनुभएकाले उहाँको सांसद पदको निलम्बन फुकुवा भएको जानकारी दिनुभयो । बैङ्कको लकरमा अवैध हतियार भेटिएको भन्दै लामामाथि मुद्दा दायर भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार