स्थगित हुनकै लागि संसद बैठक बस्दै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १ बुधवार १०:०२ बजे

स्थगित हुनकै लागि संसद बैठक बस्दै

काठमाण्डौ
मंसिर १
व्यवस्थापिका संसद बैठक आज बस्दै छ । आजको बैठकले नेकपा माओबादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधनप्रति शोक प्रस्ताव पारित गर्ने छ ।

शोक प्रस्ताव पारितपछी आजको संसद बैठक स्थगीत हुने छ । पछिल्लो संसद बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिह कार्कीविरुद्ध दर्ता भएको माहअभियोग प्रस्तावमाथी छलफल  जारी छ  । सो विषयमा भने अर्काे बैठकदेखि छलफल पुन जारी रहने संसद सचिवालयका सहप्रबक्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार