
कात्तिक ३०
एएफसी सोलिडारिटी कपको उपाधि नेपालले जितेको छ । मलेसियाको कुन्चिङस्थित सारबाक रंगशालामा सवाँ ५ बजेबाट शुरु फाइनल खेलमा नेपालले मकाउलाई १–० ले हराएको हो ।
नेपालका लागी खेलको २९ औँ मिनेटमा सुजल श्रेष्ठले पहिलो गोल गरेका हुन् । भरत खवासले दिएको पासमा उनले उत्कृष्ट हेड गोल गरेका हुन । आजको फाइनल जितेसँगै वर्तमान राष्ट्रिय फुटबल टोलीले यही बर्ष बंगबन्धु गोल्डकप, सागको स्वर्ण सहित सोलिडारिटी कप जितेर उपाधिमाथी ह्याट्रिक गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
