तरुण दलको महाधिवेशनमा काले काले मिलेर खाए भाले !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक ३० मंगलवार १५:३२ बजे

तरुण दलको महाधिवेशनमा काले काले मिलेर खाए भाले !

काठमाण्डौ
कात्तिक ३०
चार पक्षका नेताहरुको भागबण्डाका आधारमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको पदीय भागबन्डा मिलेको छ । पोखरामा जारी तरुण दलको चौथो महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौला चार पक्षबीच तरुण दल पदीय भागबन्डा मिलेको हो ।

भागबन्डाअनुसार अध्यक्ष संस्थापन पक्षलाई, महामन्त्री पौडेल पक्षलाई, उपाध्यक्ष सिटौला समूहलाई तथा कोषाध्यक्ष खड्का समूहले पाएका छन् । संस्थापन पक्षले तरुण दलको अध्यक्ष नेविसंघका पूर्वमहामन्त्री जितजंग बस्नेतलाई बनाउने यसअघि नै निर्णय लिइसकेको छ भने पौडेल र सिटौला पक्षले भने महामन्त्री र उपाध्यक्षमा कसलाई पठाउने भन्ने निर्णय लिएको छैन । नेता खड्का समूहले पनि कोषाध्यक्ष कसलाई बनाउने भन्ने निर्णय लिएको छैन । पौडेल पक्षले महामन्त्रीमा विपी कोइरालाका नाती सिद्धार्थ कोइराला वा भुपेन्द्रजंग शाहीमध्ये कसलाई बनाउने भन्ने विषयमा निर्णय लिन छलफलमा जुटेको छ । सिटौला पक्षले भने तरुण दलका पूर्व सचिव समेत रहेका उत्तम चापागाइँ वा नारायण भट्टराईमध्ये एकलाई उपाध्यक्ष बनाउने तयारी गरेको छ ।

बाँकी केन्द्रीय सदस्यहरुका विषयमा पनि टुंगो लाग्न सकेको छैन । सिटौला पक्षका केन्द्रीय सदस्य प्रदीप पौडेलले पदाधिकारीका विषयमा सहमति भएपनि नेतृत्व घोषणाको प्रक्रियाका विषयमा कुराकानी भइरहेको बताउनु भयो । उहाँले सर्वसम्मतीबाट नेतृत्व घोषणा गर्न तयार रहेपनि नेतृत्व घोषणा प्रक्रियाका विषयलाई कसरी लैजाने भन्ने विषयमा कुरा मिल्न नसकेको बताउनु भयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार