माधवकुमार नेपाललाई लखेट्न खोज्नेहरु मामाघर पुगे !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक ३० मंगलवार १५:२९ बजे

माधवकुमार नेपाललाई लखेट्न खोज्नेहरु मामाघर पुगे !

काठमाण्डौ
कात्तिक ३०
रौतहट सदरमुकाम गौरको जिल्ला विकास समितिको कार्यालय अगाडि मधेसी मोर्चा र एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बैठकमा भाग लिन जिल्ला पुगेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालको विरोधमा मोर्चाका कार्यकर्ता नारावाजीमा उत्रिएसँगै मोर्चा र एमालेका कार्यकर्ताबीच झडप भएको हो । जिविसको बैठक सुरु भएपछि मेधेशी मोर्चाका कार्यकर्ताले नेता नेपाललगायत एमाले सांसदहरुको विरोधमा नारावाजी सुरु गरेका थिए । आफ्ना नोताको समर्थनमा जवाफी नारावाजीमा एमाले कार्यकर्ता उत्रिएपछि दुई पक्षबीच भडप भएको हो । मोर्चाका ६ नेता कार्यकर्तालाई नियन्त्रणमा लिएपछि स्थित सामान्य बन्दै गएको रौतहटका इन्सपेक्टर विरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार