काठमाण्डौ
कात्तिक ३०
मलेसियामा जारी एएफसी सोलिडारिटी कपको उपाधिका लागी नेपालले आज फाइनलमा मकाउसंग प्रतिष्पर्धा गर्दैछ ।

खेल नेपाली समय अनुसार साझँ सवा ५ बजेबाट मलेसियाको कुन्चिङस्थित सारबाक रंगशालामा हुनेछ । समुह चरणको पहिलो खेलमा टिमोरलेष्टेसंग गोलरहित बराबरी तथा दोस्रो खेलमा ब्रुनाईलाई ३–० गोलले पराजित गरेको नेपालले सेमिफाइनलमा लाओसलाई पेनाल्टीमा ३–० ले पाखा लगाउदै फाइनल पुगेको हो ।
नेपालले प्रतियोगिताभर लाओसविरुद्ध २ गोल मात्रै खाएको छ भने ५ गोल गरेको छ । समुह बी बाट विजेता बन्दै फाइनलमा पुगेको मकाउ तुलानात्मक रुपमा बलियो टोली हो । समुह ए को विजेता बनेको नेपाललाई मकाउले समेत उपाधीको दाबेदार भनेको छ ।
प्रतियोगिताकै उत्कृष्ट फरवार्ड लाइन र फर्ममा देखिएका खेलाडीको मेहनतले पनि नेपालले उपाधि जित्ने प्रशिक्षक ज्ञातुकी कोजुले बताउनु भएको छ । नेपाली टोली उच्च मनोबलमा रहेका उहाले बताउनभुएको छ । आजको फाइनल जिते वर्तमान राष्ट्रिय फुटबल टोलीले यही बर्ष बंगबन्धु गोल्डकप, सागको स्वर्ण सहित सोलिडारिटी कप जितेर उपाधिमाथी ह्याट्रिक गर्नेछ ।
