पोखरामा थुप्रिएका तरुणहरु बन्द कोठामा !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक २८ आइतवार १६:३२ बजे

पोखरामा थुप्रिएका तरुणहरु बन्द कोठामा !

काठमाण्डौ
कात्तिक २८
नेपाल तरुण दलको हिजोदेखि पोखरामा सुरु चौथो राष्ट्रिय महाधिवेशन अन्तर्गत आज पोखरा सभागृहमा बन्दसत्र जारी छ । बन्दसत्रको तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष तथा रक्षामन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष तथा सांसद उदयशम्शेर राणाले नेपालमा युवासँग सम्बन्धित सबै समस्याको समाधान गर्न आवाज उठाउने तरुण दल वर्तमानको आवश्यकता रहेको बताउनुभयो  । बन्दसत्रमा राजनीतिक, आर्थिक र अन्य समसामयिक विषयमा छलफल गरिनेछ । बन्दसत्रमा युवाकेन्द्रित समसामयिक विषय र दलको आगामी कार्ययोजना प्रस्तुत गरिने तरुण दलका केन्द्रीय सदस्य जनमेजय तिमिल्सिनाले बताउनुभयो । महाधिवेशनका लागि देशभरबाट आएका एक हजार ४०० प्रतिनिधि बन्द सत्रमा सहभागी छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार