ओलीको बोली ! संविधान संशोधन कहिलेको भोली ?


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक २८ आइतवार १६:३६ बजे

ओलीको बोली ! संविधान संशोधन कहिलेको भोली ?

काठमाण्डौ
कात्तिक २८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान कार्यान्वयनको विषयलाई संविधान संशोधनसँग जोड्नु उचित नभएको बताउनुभएको छ ।

झापाको धरमपुर–पाँचगाछी जोड्ने सडक कालोपत्रे शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका लागि जति छिटो निर्वाचन गराउन सरकारले वातावरण निर्माण गराउनुपर्ने बताउनुभयो । अबको स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्ने र जनताको कामलाई सहज बनाउनुपर्नेमा उहाँको जोड थियो । उहाँले मुलुकमा अहिले नयाँ संविधान कार्यान्वयन गर्न दलीय सहकार्य जरुरी भएकाले यसमा एमालेले सधैँ रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास दिलाउनुभयो ।

अब मुलुकको समृद्धिका लागि राजनीतिक दलको ध्यान जानुपर्ने भन्दै राजनीतिक परिवर्तन भएकाले अब विकास निर्माणको साझा लक्ष्यमा राजनीतिक दल अघि बढ्नुपर्ने बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार