भारतीय राष्ट्रपतिको कुरा गरेर थाकेनन् मन्त्री खाँड !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक २१ आइतवार १७:१७ बजे

भारतीय राष्ट्रपतिको कुरा गरेर थाकेनन् मन्त्री खाँड !

काठमाण्डौ
कात्तिक २१
रक्षामन्त्री बालकृष्ण खाँडले नेपालमा भारत र चीन विरोधी कुनै गतिविधि हुन नदिने स्पष्ट पार्नुभएको छ ।

मन्त्री खाँडले भारत र चीन दुवै नेपालका असल छिमेकी मित्रराष्ट्र भएकाले दुवै देश विरोधी गतिविधि नेपालमा हुन नदिने बताउनुभएको हो । राजधानिमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भारत र चीनको विकासको लागि पनि छिमेकी मुलुकमा शान्ति र स्थिरता हुन आवश्यक भएकोले चीन र भारत दुवै देशको विकास होस भन्ने आफूहरुको चाहना रहेको बताउनुभयो । मन्त्री खाँडले नेपाल दुवै विशाल छिमेकी मुलुकहरुको वीचमा रहेकोले यसको सुरक्षाको महत्व रहेको बताउनुभयो । नेपालमा चीन र भारतको विरुद्धमा कुनै पनि खालका विरोधी गतिविधि गर्न दिन नहुने भन्दै उहाँले त्यसको लागि नेपालले भारतीय र चिनियाँ सरकार र जनतामा कुनै शंका उपशंका गर्न दिन नहुने जिकिर गर्नुभयो । मन्त्री खाँडले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपाल भ्रमण अत्यन्तै फलदायी र ठूलो उपलब्धि भएको दाबी गर्नुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार