अंगिकृत नागरिकलाई राष्ट्रप्रमुख बनाउने भनेकै छैनन रे प्रचण्डले


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक २१ आइतवार १७:१६ बजे

अंगिकृत नागरिकलाई राष्ट्रप्रमुख बनाउने भनेकै छैनन रे प्रचण्डले

काठमाण्डौ
कात्तिक २१
अङ्गीकृत नागरिकताका विषयमा कुनै पनि समझदारी नभएको र बाहिर आएको प्रचार भ्रामक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

prachanda-4-650x370

प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले अङ्गीकृत नागरिकता र संविधानको मस्यौदा बाहिर आएको भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको हो । प्रधानमन्त्री दाहालले सो विषयमा राजनीतिक दलसँग गम्भीर रुपमा छलफल गरी छिट्टै सहमति कायम गर्ने समेत उहाँले जानकारी दिनुभयो । यसअघि अंगीकृत नागरिकता लिएका व्यक्तिहरुले  नेपालमा १० वर्ष स्थायी बसोबास गरेपछि राष्ट्रपति, प्रधानमन्त्रीसहितका महत्वपूर्ण पदमा निर्वा्चित हुन पाउने प्रावधानसहित सरकारले संविधान संशोधनको मस्यौदा तयार पारेको भन्ने खबर विभिन्न सञ्चारमाध्यममा आएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार