काठमाण्डौ
कात्तिक २०
मलेसीयामा जारी ए एफ सी सोलिडारिटी कप अन्तर्गत आज नेपालले पहिलो खेलमा टिमोर लेस्टेसँग खेल्दैछ । साँझ सवा ५ मा सारावक रंगशालामा खेल हुनेछ ।
नेपालले आगामी मंगलबार बु्रननाईसँग समूहको दोस्रो तथा अन्तिम खेल खेल्नेछ । कुल ७ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल समूह ए मा छ ।
फिफाको तल्लो वरीयतामा रहेका र लामो समय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता हुन नपाएका टोलीहरुलाई समेटेर एएफसीले सोलिडारिटी कपको आयोजना गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
