दिल्लीमा देउवाको दौडधुप


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक २० शनिवार १६:१४ बजे

दिल्लीमा देउवाको दौडधुप

काठमाण्डौ
कात्तिक २०
इन्डिया फाउन्डेसनको कार्यक्रममा सहभागी हुन भारतको गोवा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले आज त्यहाँ राजनीतिक भेटघाट गर्दैहुनुहुन्छ । फाउन्डेसनले गोवामा आयोजना गरेको तीनदिने इन्डिया आइडियाज कन्क्लेभ उद्घाटन कार्यक्रममा सहभागी हुन देउवा हिजो त्यहाँ पुग्नुभएको हो ।
उद्घाटन कार्यक्रममा हिजो उहाँले मुख्य वक्ताका रुपमा मन्तव्य समेत राख्नुभएको थियो । देउवाले आज सोही कार्यक्रममा सहभागी हुन गोवा पुगेका भारतीय नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ । कार्यक्रममा भारतीय रेलमन्त्री सुरेश प्रभु, भारतीय केन्द्रीय रक्षामन्त्री मनोहर पारिकर, भारतीय जनता पार्टीका अध्यक्ष अमित साहलगायतका नेता सहभागी छन् । ती नेताहरुसँगको भेटवार्तापछि देउवा आजै साँझ नयाँ दिल्ली पुग्नुहुनेछ । त्यहाँ पनि भारतीय प्रधानमन्त्रीबाहेक अन्य नेताहरुसँग भेटवार्ता हुन सक्ने देउवा निकट श्रोतले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार