काठमाण्डौ
कात्तिक १०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव अघि बढिरहेको अवस्थामा अख्तियारका बाँकी रहेका आयुक्तहरुले आज प्रधानमन्त्रीसँग भेट गरेका छन् ।
अख्तियारका ५ जना आयुक्तहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी आयोगले गर्दै आएको कामकारबाहीबारे जानकारी गराएका छन् । सो क्रममा प्रधानमन्त्री दाहालले अख्तियारले गर्दै आएको कामकारबाही अगाडी बढाउन आग्रह गर्दै त्यसका लागि सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । अख्तियारले गरिरहेका कामलाई नियमित रुपमा अगाडि बढाउन प्रधानमन्त्रीले आयुक्तहरुसँग आग्रह गर्नुभएको उहाँनिकट स्रोतले जनाएको छ । अख्तियार प्रमुख कार्की निलम्बरमा परेपनि आयोगको काम नरोक्न आयुक्तहरुलाई आग्रह गर्दै अख्तियारका कामका विषयमा सरकारले कुनै दबाब नदिने बताउनुभयो ।
अख्तियारका पाँचजना आयुक्तहरु दिप बस्न्यात, नविन घिमिरे, गणेशराज जोशी, सावित्री गुरुङ र राजनारायण पाठकले प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् ।
