सिंहदरवार बसेर सिराहालाई फकाउदै प्रचण्ड !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक ९ मंगलवार १५:३५ बजे

सिंहदरवार बसेर सिराहालाई फकाउदै प्रचण्ड !

काठमाण्डौ
कात्तिक ९
प्रधानमन्त्री पुष्पकमल दाहालले सिरहाका जनतालाई सम्बोधन गर्न आफू छिटै सिरहा आउने बताउनु भएको छ । जिल्लाका विकास निर्माण र जनचासोका विषयहरु लिएर आएको सिरहाको सर्वदलीय एवं सर्वपक्षीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले छिटै सिरहा आउने बताउनु भएको हो ।

भेटमा प्रधानमन्त्रीले आफूले निर्वाचनका बेला सिरहामा गरेको बाचा नभूलेको भन्दै सिरहाको विकास, निर्माणका लागि सरकारको तर्फबाट सम्भव सहयोग हुने बताउनुभयो । प्रधानमन्त्रीले कृषि क्याम्पस, मेडिकल कलेज, सडक, खानेपानी लगायतका विषयलाई आफूले प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
भेटमा सिरहाको प्रतिनिधि मण्डलले विकासका दृष्टिले सिरहा पछाडि परेको भन्दै नदी नियन्त्रण, सर्पदंशको उपचारका लागि अत्याधुनिक अस्पताल, बाल अस्पताल, सडक निर्माण र मर्मत, हुलाकी राजमार्ग लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार