लोकमानलाई हटाऔँ भन्दा सत्ता जाने कांग्रेसको डर !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक ५ शुक्रवार १९:०० बजे

लोकमानलाई हटाऔँ भन्दा सत्ता जाने कांग्रेसको डर !

काठमाण्डौ
कात्तिक ५
व्यवस्थापिका संसदमा दर्ता भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्तावबारे प्रमुख दलहरुबिच साझा धारणा बन्न अझै समय लाग्ने देखिएको छ ।

महाअभियोग प्रस्तावबारे निर्णय लिन हिजोदेखि जारी नेपाली कांग्रेसको केन्द्रिय समिती बैठक अझै केहिदिन लम्बिनसक्ने कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो । पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी बैठकमा कांग्रेस केन्द्रिय सदस्यहरुले अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोग लगाउने पक्ष र विपक्षमा धारणा व्यक्त गरेका छन् । विशेषगरी उनीहरुले एमालेको सक्रियतामा नेकपा माओवादी केन्द्रकै सांसदहरुले कांग्रेससँग सल्लाह नगरी महाअभियोग प्रस्ताव दर्ता गरेकोमा तिव्र असन्तुष्टि जनाएका छन् । उनीहरुले यसले सत्ता गठबन्धनमै असर पर्नसक्ने खतरा औल्याएका छन् । कांग्रेसका केहि केन्द्रिय सदस्यहरुले कांग्रेस र माओवादी केन्द्रबिचको सत्ता गठबन्धन टुटाउन भित्रि चलखेल भइरहेको आरोप लगाएका छन् । यद्यपी कांग्रेसका अधिकांश केन्द्रिय सदस्यहरुले अख्तियार प्रमुख कार्कीले आफुखुसी काम गरेको भन्दै महाअभियोगको प्रस्तावको पक्षमै उभिनुपर्ने बताएका छन् । केन्द्रिय सदस्यहरुले धारणा राख्नेक्रम जारी रहेकाले कांग्रेसले आजपनि महाअभियोगबारे पार्टीको धारणा बनाउन सकेको छैन ।


प्रतिक्रिया

सम्बन्धित समाचार