लोकमानलाई ठेगान लगाउने समिती !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक ३ बुधवार १८:५४ बजे

लोकमानलाई ठेगान लगाउने समिती !

काठमाण्डौ
कात्तिक ३
व्यवस्थापिका संसदले महाअभियोग सिफारिस समिति गठन गरेको छ । संसद अन्तर्गतको कार्यव्यवस्था परामर्श समितीको आजको बैठकले समिती गठन गर्ने निर्णय गरेकोमा त्यसलाई संसद बैठकले बहुमतले पारित गरेको हो ।

samsad-nepal-parliament-58075204989744-93995652

व्यवस्थापिका संसद बैठकमा पेश भएको महाअभियोग सिफारिस समिति गठन सम्बन्धी प्रस्ताव बहुमतबाट पारित भएपछि महाअभियोग सिफारिस समिति गठन भएको हो । समितीमा नेपाली कांग्रेस,नेकपा एमालेबाट समान ४,नेकपा माओवादी केन्द्रबाट २ तथा राप्रपा नेपालबाट १ जना गरी ११ सदस्य रहेका छन् । समितीमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर, दिपक कुइकेल र कुमारी लक्ष्मी राई सदस्य छन् । त्यस्तै एमालेबाट समितीमा केशव बडाल, सुशीला नेपाल, पार्वत गुरुङ र रेवतीरमण भण्डारी छन् भने माओवादी केन्द्रबाट अमनलाल मोदी र रामनारायण बिडारी सदस्य छन् । राप्रपा नेपालबाट प्रमुख सचेतक दीलनाथ गिरी समितिमा रहनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने आवाज उठिरहँदा संसदले महाअभियोग सिफारिस समिति गठन गरेको हो ।

समिति गठन सम्बन्धी प्रस्ताव पारित भएसँगै व्यवस्थापिका संसदको आजको बैठक स्थगित भएको छ। अर्को बैठक भोलि दिउँसो एक बजे बस्ने छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार