आफ्ना सांसद भेला गरेर प्रचण्डले गोवा घुमेकोबारे जानकारी गराए


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक ३ बुधवार १५:२३ बजे

आफ्ना सांसद भेला गरेर प्रचण्डले गोवा घुमेकोबारे जानकारी गराए

काठमाण्डौ
कात्तिक ३
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नोे गोवाको ब्रिक्स–बिमस्टेक आउटरिच सम्मेलन सफल भएको बताउनुभएको छ ।

आज विहान पार्टी ससदिय दलको कार्यालय सिहदरबारमा बसेको संसदिय  दलको बैठकमा प्रधानमन्त्री दाहालले सो भ्रमण नेपालका लागि सुखद् भएको टिप्पणी गर्नुभयो । पार्टी अध्यक्ष तथा पार्टी संसदिय दलका नेता समेत रहेका प्रधानमन्त्री दाहालको  अध्यक्षतामा बसेको बैठकमा उहाले आफ्नो गोवा भ्रमण र समसामयिक राजनीतिक विषयमा बैठकलाई जानकारी गराउनु भएको थियो ।

प्रधानमन्त्रीले सम्मेलनका क्रममा भारत, चीन, भुटान, दक्षिण अफ्रिका, श्रीलंका लगायतका देशका राष्ट्र र सरकार प्रमूखहरुसँग भएका द्वीपक्षीय भेटबार्ता र बहुपक्षीय भेटका बारेमा समेत जानकारी गराउनु भएको माओवादी केन्द्का सांसदहरुले बताएका छन्  ।


प्रतिक्रिया

सम्बन्धित समाचार