काठमाण्डौ
कात्तिक ३
च्याम्पियन्स लिगमा आज राती लामो समयदेखिको प्रतिक्षित खेल बार्सिलोना र म्यान्चेष्टर सिटीबीच प्रतिष्पर्धा हुदैछ ।
लिगको ड्र सार्वजनिक भएदेखि नै प्रतिक्षित मानिएको आजको खेलमा सबैभन्दा बढी सफल मानिएका प्रशिक्षक पेप ग्वार्डिओलाको परीक्षाका रुपमा पनि हेरिएको छ । बार्सिलोनामा रहँदा च्याम्पियन्स लिग जितेका ग्वार्डिओला अहिले सिटीको प्रशिक्षण सम्हाल्दै आफ्नै पुर्वक्लब विरुद्ध उत्रिदैछन । खेल राती सवाँ १ बजे बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा शुरु हुनेछ । विश्वकै सर्वाधिक सफल र उत्कृष्ट फरवार्ड लाइन र सुपरस्टार मेस्सी लयमा रहेका कारण पनि बार्सिलोनाले सहजै जित निकाल्ने अनुमान छ । तर खेल रणनीतिमा निकै सफल र उत्कृष्ट प्रशिक्षक ग्वार्डिओला पनि सिटीलाई पहिलो पटक आफ्नै पुर्वक्लबविरुद्ध जिताउने दाउँमा छन । प्रिमियर लिग लिडर सिटीले स्ट्राइकर सर्जिरो अग्युइरोलाई मुख्य भूमिकामा खेलाउने छ भने स्पेनिस जायन्ट बार्सिलोनाका मेस्सी, स्वारेज र नेयमारले सिटीविरुद्ध गोलको बर्षा गर्ने रणनीति लिएका छन । यसअघि भएको खेलमा ग्वोर्डिओलाले बार्यन न्युनिखबाट बार्सिलोनासंग ३–० को पराजय व्यहोरेका थिए । सो खेलमा मेस्सीले नै २ गोल गरेका थिए । यस्तै आजै राती लिगमा अन्य ७ खेल पनि हुदैछन ।
एकसाथ शुरु हुने खेलमा पिएसजी र बासेल, आर्सनल र लुडोगोरेट्स, नेपोली र बेसिकटास, डाइनामो र बेनफिफा, सेल्टिक र मोन्चेन, रोस्टोभ र एट्लेटिको मड्रिड तथा बार्यन म्युनिख र पीएसभी भिड्दैछन ।
