जनकपुर मुखर्जीमय हुदै भारतीय राष्ट्रपतिलाई भव्य स्वागतको तयारी


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक २ मंगलवार १५:३३ बजे

जनकपुर मुखर्जीमय हुदै भारतीय राष्ट्रपतिलाई भव्य स्वागतको तयारी

काठमाण्डौ
कात्तिक २
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको क्रममा धनुषामा भव्य स्वागतको तयारी हुँदैछ ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही १९ गते हुने जनकपुर भ्रमणको तयारी र स्वागतको विषयमा सर्वदलीय बैठकको आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आयोजना गरेको सर्वदलीय बैठकमा राष्ट्रपतिको जनकपुर भ्रमणको दिनमा सर्वसाधारणलाई आफ्नो घरबाट बाहिर निस्केर स्वागत तथा नेपाल भारतको संयुक्तरुपमा झन्डा फहराएर स्वागत गर्ने निर्णय गरिएको छ । जनकपुर उपमहानगरपालिकाले जानकी मन्दिरमा नागरिक अभिनन्दन गर्ने समेत निर्णय भएको छ । यसका लागि आआफ्नो स्तरबाट तयारी थाल्न समेत निर्णय भएको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमणको समयमा जनकपुरसहित अन्य धार्मिक र पर्यटकीय ठाउँ जानुहुनेभएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आउन लागेका मुखर्जीको जनकपुर, लुम्बिनी र पोखरा भ्रमणको तयारी छ । जनकपुर जाने पक्का भएको र अन्य दुई ठाउँको भने तयारी भइरहेको जानकारी दिइएको छ । मुखर्जीलाई काठमाडौँबाट जनकपुर, जनकपुरबाट फेरि काठमाडौँ, काठमाडौँबाट पोखरा, पोखराबाट लुम्बिनी र लुम्बिनीबाट काठमाडौँ ल्याइने गरी रुट मिलाइएको बताइएको छ । यसअघि २०७१ मा नेपालमा भएको सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उक्त ठाउँमा जान चाहेको तर सुरक्षाको कारण देखाउँदै उहाँको भ्रमण रद्द गरिएको थियो ।

राष्ट्रपति मुखर्जी यहि कात्तिक १७ देखि १९ सम्म नेपाल भ्रमणमा आउनुहुनेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार