काठमाण्डौ
कात्तिक २
एसिया कपमा छनौट भएर नेपाली राष्ट्रिय महिला टोली काठमाडौँ आइपुगेको छ ।
आईसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटमा उपविजेता बनेको नेपाली टोली दिउँसो २ बजे स्वदेश फर्किएको हो । हङकङमा सम्पन्न एसियाली महिला विश्वकप क्रिकेट छनौटमा नेपालले खेलेका ६ खेल मध्ये ३ मा जित र ३ खेलमा हार व्यहोरेको थियो । आयोजक हङकङ र चीनलाई हराएको नेपालले थाइल्याण्ड र हङकङसंग पराजित भएको थियो । पाँच खेलमा जित निकालेको थाईल्याण्ड प्रतियोगिताको विजेता बन्दै २०१७ मा हुने विश्वकप छनौटको ‘ग्लोबल क्वालिफायार’मा छनौट भयो भने उपविजेता बनेको नेपालले एसिया कप खेल्ने मात्रै मौका बनायो । अर्को बर्ष हुने विश्वकपको एसियाली छनौटका लागी हङकङ, थाईल्याण्ड, नेपाल र चीन गरी चार देशबीच प्रतिष्पर्धा भएको थियो ।
