काठमाण्डौ
असोज २३
आइसिसी महिला विश्वकप क्रिकेट छनौट प्रतियोगिता आज शुरु हुदैछ । छनौट अन्तर्गत उद्घाटन खेलमै नेपालले आज आयोजक हङकङसंग प्रतिष्पर्धा गर्नेछ ।
नेपाली समय अनुसार आज मध्यान्ह पौने १२ बजे शुरु हुने खेल हङकङको मोङकोक रंगशालामा हुनेछ । आज हुने पहिलो प्लेअफ छनौट खेलपछि हङकङसंगको दोश्रो प्लेअफ छनौट खेल नेपालले विहीबार खेल्नेछ । कुल ४ टिम सहभागी प्रतियोगिताको दोश्रो खेलमा नेपालले थाइल्याण्डसंग सोमबार र शुक्रबार तथा अन्तिम खेलमा चीनविरुद्ध मंगलबार र शनिबार खेल्नेछ । पछिल्लो समय नेपाली क्रिकेटमा देखिएको विवाद र पुरुष क्रिकेट टिमका कारण छायाँमा परेको महिला क्रिकेटले लामो समयपछि छनौट खेल खेल्न लागेको हो ।
राजु बस्न्यातको प्रशिक्षणमा हङकङ पुगेको महिला क्रिकेट टोलीको नेतृत्व कप्तान रुविना क्षेत्रीले गरेकी छन । छनौट खेलमा आयोजक हङकङसहित नेपाल, चीन र थाइल्याण्ड पनि सहभागी छन । छनौट खेलमा शीर्ष स्थानमा रहने टोलीले ‘ग्लोबल क्वालिफायर’ समेत खेल्ने मौका पाउनेछ । अर्को बर्ष हुने विश्वकपका लागी एसियाली छनौट अन्तर्गत चार टिमले प्रतिष्पर्धा गर्न लागेका हुन ।
