काठमाण्डौ
असोज २२
एमाले अध्यक्ष केपी शर्मा ओलीले दसैँपछि दलहरुको बीच बढेको दुरी घट्ने र सम्बन्ध सकारात्मक हुने बताउनुभएको छ ।
बिजया दशमी, दिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदानका लागि भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा आज आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले संविधानले निर्धारण गरेको समयमै संविधान कार्यान्वयनका सबै काम टुंग्याउनुपर्ने बताउनुभयो । संविधानको कार्यान्वयनमा देखिएका समस्या समाधान गरी जिम्मेवारी पुरा गर्नुपर्ने उहाँले बताउनुभयो । संविधान कार्यान्वयनमा केही अप्ठ्यारा नभएको दाबी गर्दै टुङ्गोमा र्पुयाउन नसकिने कुनै पनि अप्ठ्याराहरु नभएको ओलीको भनाई छ । समयसिमा भित्र गर्नेपर्ने केही काम पूरा गरी संक्रमणकाल टुंग्याएर मुलुकको आर्थिक उन्नति र सम्वृद्धिको दिशामा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
