चोक्टा खान गएकी बुढी झोलमा डुबी मरी !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २२ शनिवार ०७:४४ बजे

चोक्टा खान गएकी बुढी झोलमा डुबी मरी !

काठमाण्डौ
असोज २२
नयाँ शक्ति नेपाल पार्टीका केन्द्रिय सदस्य मुमाराम खनालले पार्टी छाड्नुभएको छ ।

खनालले संयोजक बाबुराम भट्टराईको कार्यशैलीप्रति असहमति जनाउँदै ५ बुँदे विज्ञप्तिमाफर्त पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । नयाँ शक्ति नयाँ सोच, विचार र कार्यशैलीबाट अघि बढ्नु पर्ने भए पनि संयोजक भट्टराईको कार्यशैली नफेरिएको भन्दै आफूले पार्टी छाडेको खनालले जनाउनु भएको छ  ।
हतारमा नयाँ शक्तिको बहसलाई पार्टीमा रुपान्तरण गरे पनि त्यसलाई पूर्व माओवादी जम्मा गर्ने थलोका रुपमा प्रयोग गरिएको खनालको  आरोप छ । नया शक्ति नयाँ र फरक पृष्ठभूमिका मात्र नभई  पूर्वमाओवादीभित्र पनि २०४७ सालमा बाबुराम भट्टराईसँग विद्रोह गरेर आएका केही सिमित व्यक्तिको मात्र कोर समूह बनेको उहाको आरोप छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार