विश्वकप खेल्न घमासान् भिडन्त


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २१ शुक्रवार ११:३३ बजे

विश्वकप खेल्न घमासान् भिडन्त

काठमाण्डौ
असोज २१
रुसमा हुने सन् २०१८ को विश्वकप छनोट अन्तर्गत भएको अष्ट्रिया र वेल्सले अंक बाँडेका छन् ।

युरोपियन महादेश अन्तर्गत समूह डिमा रहेका यी दुई देशबीचको खेल २÷२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । । वेल्सका जोय एलेन र केभिन विमरले १÷१ गोल गरे भने खेललाई बराबरीमा फर्काउन अष्ट्रियाका मार्को आर्नाटोभिकले एक्लै दुई गोल गरे यस्तै गएरातिनै भएको अर्को खेलमा स्पेन र इटालीले पनि अंक बाँडेका छन् । यी दुई देशले पनि १÷१ गोल गर्दै अंक बाँडेका हुन् । स्पेनकालागि मचिन पेरेजले ५५ औँ मीनेटमा गोल गरे भने ८२ औं मिनेटमा इटालीका डि रोसीले गोल गर्दै खेल बराबरीमा फर्काएका हुन् । गएराति नै भएको अर्को खेलमा इक्वेडरले चिलीलाई ३ – ० ले पराजित गरेको छ । इक्वेडरको जितका लागि एन्टोनी भ्यालेन्सिया, क्रिष्टियन रामिरेज र फेलिप चैचेदोले १÷१ गोल गरे । जितसंगै इक्वेडर १६ अंक जोडेर समुहको तेस्रो स्थानमा उक्लिएको छ । ११ अंक जोडेको चिली सातौ स्थानमा छ । राती नै भएको अर्को खेलमा भेनेजुएलालाई ३÷० ले पराजित गरेको उरुग्वे दक्षिण अमेरिकी महादेशको छनोटको शिर्ष स्थानमा छ । उरुग्वेको जितमा एडिसन काभानीले दुई तथा निकोलस लोडेरियोले एक गोल गरे । उरुग्वेले १८ अंक जोडेको छ । गएरातिनै भएको अर्को खेलमा अल्बानियाले  लिचटन्स टाइनलाई २÷० गोलले हराएको छ


प्रतिक्रिया

सम्बन्धित समाचार