पूर्व गएर समेत आश्वासन बाड्न भ्याए प्रचण्डले !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २० बिहीवार १५:३० बजे

पूर्व गएर समेत आश्वासन बाड्न भ्याए प्रचण्डले !

काठमाण्डौ
असोज २०
झापाको दमकदेखि इलाम, पाचथर, ताप्लेजुङ हुँदै चीन जोड्ने सडक फाल्गुनन्द मार्ग छिट्टै निर्माण सक्न प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष पहल गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएको छ ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा सो सडक निर्माणका लागि सरोकार राख्ने राजनीतिक दलका नेता, फाल्गुनन्द मार्ग निर्माण उपभोक्ता समितिका पदाधिकारी, व्यवसायी सहितको सर्वपक्षीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । सो सडक निर्माणपछि छोटो दुरीमै चीनको सिमानासम्म पुग्न सकिने तथा चारवटै जिल्लाका पश्चिमी भेगका जनतालाई धेरै सहजता र सुविधा उपलब्ध हुने भएकाले आफूले छिट्टै निर्माण कार्य सक्न आवश्यक पहल गर्ने प्रधानमन्त्रीको भनाई थियो ।
प्रधानमन्त्री दाहालले उक्त सडकलाई थप वजेट उपलब्ध गराउने तथा छुट्टै आयोजनामा पार्न योजना आयोगमा छलफल गर्ने वताउनुभयो । उपभोक्ता समिति अध्यक्ष गगन पुरीसहित सामान्य प्रशासन मन्त्री केशव बुढाथोकी, पूर्व मन्त्री अग्नि खरेल, टंक आङ्बुहाङलगायतले प्रधानमन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाउनुभएको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार