काठमाण्डौ
असोज २०
मन्त्रिपरिषद्ले बाढी पीडितलाई दसैँ अघि थप १५ हजार रुपैयाँ सहायता रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
यसअघि दश हजार उपलब्ध गराइएकोमा जिल्ला दैवी प्रकोप उद्दार समितिको सिफारिसमा थप १५ हजार उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता राम कार्कीले जानकारी दिनुभयो । त्यस्तै आजको मन्त्रिपरिषद्ले सरकारका सहसचिव र उपसचिवहरुसँग कार्यसम्पादन मूल्याङ्कनका लागि गठित समितिमा पूर्व सचिव मधुरमण आचार्य र सुरेशमान श्रेष्ठलाइ नियुक्त समेत गरेको छ । बैठकले सहसचिवहरुसँग कार्यसम्पादन मूल्याङ्कन गर्ने तथा नेतृत्व विकास लगायतका विषयमा परामर्श दिने समितिमा दुई जनालाई नियुक्त गरेको हो । बैठकले वन मन्त्रालय मातहत रहेका ४ सय ५० वनपालेको अस्थायी दरबन्दी यथावत् राख्दै लोकसेवा आयोगको परामर्शमा पछि लिने निर्णय पनि गरेको छ ।
