नेपालमा लगानी गर्न अमेरिकीहरु इच्छुक, सरकारको गम्भिरता खै ?


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १९ बुधवार १९:१६ बजे

नेपालमा लगानी गर्न अमेरिकीहरु इच्छुक, सरकारको गम्भिरता खै ?

काठमाण्डौ
असोज १९
अमेरिकाको वैदेशिक सहायता विकास आयोजना छनोट गर्ने विकास संस्था मिलेनियम च्यालेञ्ज कर्मोरेशनले नेपालको उर्जा,सडक तथा अन्तरदेशीय ट्रान्समिसन लाइन बिस्तारको क्षेत्रमा लगानी गर्ने इच्छा देखाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज मिलेनियम च्यालेञ्ज कर्पोरेशनका उपप्रमूख फातेमा सोमार, नेपालका लागि अमेरिकी राजदूत अलेना टेप्लिस् र मिलेनियम च्यालेञ्ज कर्पोरशेनका नेपाल निर्देशक डा. हिमेश ढुंगेल लगायतको टोलीले भेट गरी यस्तो चाहना व्यक्त गरेको हो ।  सो क्रममा प्रधानमन्त्री दाहालले नेपालमा राजनीतिक स्थिरता र शुसासनको वातावरण बन्दै गइरहेको बताउदै जतिसक्दो लगानी गर्न आग्रह गर्नुभयो । नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न इच्छा देखाएकोमा कर्पोरेसनको टोलीलाई धन्यवाद दिदै प्रधानमन्त्री दाहालले नेपालको हितमा गरिने विदेशी लगानीका लागि प्रविधि, सुरक्षा लगायत सम्पूर्ण व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । भेटमा सोमारले नेपालमा राजनीतिक स्थिरताको वातावरण बन्दै गएकोमा खुसी व्यक्त गर्दै सबैको भावना सम्बोधन गरेर संविधान कार्यान्वयन हुनेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार