के गर्नु हजुर ३ दलले भनेपछि मान्नैपर्ने रहेछ भन्दैछ स्थानीय तह पूर्नसंरचना आयोग !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १८ मंगलवार २२:०८ बजे

के गर्नु हजुर ३ दलले भनेपछि मान्नैपर्ने रहेछ भन्दैछ स्थानीय तह पूर्नसंरचना आयोग !

काठमाण्डौ
असोज १८
स्थानीय तह पूर्नसंरचना आयोगले सरकारले दिएको पछिल्लो मापदण्ड अनुसार काम अगाडी बढाउदा शुन्यबाट सुरु गर्नुपर्ने अवस्था रहेको बताएको छ ।

आयोगको कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष बालानन्द पौडेलले दलहरु र आयोगबिचको अन्यौलता हटेको भन्दै अब नयाँ मापदण्डअनुसार काम थाल्ने बताउनुभयो । यसअघि भएका कार्यप्रगतिमध्ये अधिकांश कुरा नयाँ मापदण्डअनुसार नमिल्ने भन्दै अध्यक्ष पौडेलले इलाकालाई पनि एउटा आधार बनाएर स्थानीय तहको सिमा र संख्या निर्धारण गरिने बताउनुभयो । आगामी चैतमा स्थानीय तहको चुनाव गर्नेगरी काम अघि बढाउन सरकारले निर्देशन दिएकाले कात्तिक मसान्तसम्म आफ्नो प्रतिवेदन तयार पार्नेगरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

आयोगको समयसीमा फागुन मसान्तसम्म भएपनि त्यसअघि नै प्रतिवेदन सरकारलाई बुझाउने बताउनुभयो । आयोग र सरकारबीच रहेको केही फरकपन सोमबारदेखि अन्त्य भएको जानकारी दिदै अध्यक्ष पौडेलले इलाका अब स्थानीय निकायको सङ्ख्या र सीमा निर्धारण गर्ने नयाँ मापदण्ड बनेर थपिएको बताउनुभयो । तीन ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले स्थानीय निकायको सङ्ख्या र सीमा निर्धारण गर्दा विद्यमान इलाकालाई कायम गर्ने सैद्धान्तिक सहमति गरेका थिए । सो अलिखित सहमतिमा आयोगले असहमति जनाएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष भीम रावलसहित आयोगका पदाधिकारीबीच हिजो भएको बैठकले आयोगले यसअघि दिएका आधारलाई यथावत् राख्दै स्थानीय निकायको सङ्ख्या र सीमा निर्धारण गर्दा विद्यमान इलाकालाई आधार बनाउने सहमति जुटेको थियो ।

हालसम्म ५४ जिल्लाबाट स्थानीय विकास अधिकारीको संयोजकत्वमा रहेको प्राविधिक समितिले आयोगलाई स्थानीय निकायको सङ्ख्या र सीमाका बारेमा प्रतिवेदन पठाइसकेका छन् । यस क्रममा ३५ हजारले ती प्रतिवेदन तयार गर्ने क्रममा सहभागीसमेत भएका छन् । अध्यक्ष पौडेलले आयोगले आफ्नो काममा गति लिइरहेको हुँदा स्थानीय विकास अधिकारीहरुलाई सरुवा नगर्नसमेत सरकारसित आग्रह गरिएको बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार