जोशीको जोशमा होस नपुगेपछि आफ्नै पार्टीमा ठोस !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १८ मंगलवार १६:३२ बजे

जोशीको जोशमा होस नपुगेपछि आफ्नै पार्टीमा ठोस !

काठमाण्डौ
असोज १७
नेकपा माओवादी केन्द्रका सांसद जनकराज जोशीले ‘विस्तारवाद’ र ‘साम्राज्यवाद’ भन्ने शव्द संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको छ ।

आजको संसद बैठकमा बोल्दै सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रका सांसद जोशीले ‘साम्राज्यवाद’ र ‘विस्तारवाद’ शब्द संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ माग गर्नुभएको हो । उहाँले सीमा विवाद हुँदैनमा विस्तारबाद र साम्राज्यबाद भन्ने शव्द प्रयोग गर्नु संविधानको मूल मर्म विपरित हुने बताउनुभयो । सीमा विवाद हुँदैमा विस्तारबाद भन्न नमिल्ने भन्दै उहाँले सीमा विवाद अमेरिका र क्यानडा तथा चीन र भारतबीच पनि रहेको बताउनुभयो । जोशीले संविधानले नेपालको आफ्नै परराष्ट्र नीति रहने उल्लेख गरेको भएपनि नेताहरुले प्रायः ‘विस्तारबाद’ र ‘साम्राज्यवाद’ भन्ने शव्द प्रयोग संसदमा गर्नु संविधानविपरीत भएको बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार